सेयरबजारमा आज २४ वटा सेयरहरुको मात्र मूल्य बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको दिन २ सय २५ वटा सेयरको मूल्य भने घटेको छ।
तेस्रो कारोबार दिन कुल १ करोड ७६ लाख ७१ हजार कित्ता बिक्री भएका थिए। जसमा ६ अर्ब ९१ करोडको कारोबार भएको हो।
मंगलबार सिटी होटल, समाज लघुवित्त, हिमालयन बैंक डिबेन्चर, कृषि विकास बैंक डिबेन्चर र प्रभु बैंक डिबेन्चरमा लगानी गरेकाहरुले क्रमशः ९.९९, ४.३४, ४, ३.६९ र ३.२५ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्।
तर सिक्लेस हाइड्रो, उन्नति सहकार्य लघुवित्त, लक्ष्मी लघुवित्त, गरिमा समृद्धि योजना, नाडेप लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यी कम्पनीहरुको सेयर क्रमशः ९.९९, ८, ६.१४, ५.२४ र ५.०३ प्रतिशतले घटेको छ।
यस दिन राष्ट्रिय पुनर्बीमा कम्पनीको सर्वाधिक २६ करोड, हिमालय रिइन्स्योरेन्सको २३ करोड, लुम्बिनी विकास बैंकको २० करोड, शिवम् सिमेन्टको २० करोड र बुटवल पावर कम्पनीको १९ करोडको कारोबार भएको छ।
आज होटल र पर्यटन सूचक १.३२ प्रतिशतले बढे पनि बाँकी सबै राताम्य छन्। यस दिन फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र प्रशोधन, माइक्रोफाइनान्स सबैभन्दा बढी घटेका छन्।
Shares

प्रतिक्रिया