एनआईसी एसिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सीजी इन्टरनेट र आईपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट पाउने भएका हुन्।
उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सीजी कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन्।
ग्राहकहरुले सीजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० छुट प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
साथै, हाल सेवा लिइरहेका ग्राहकहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले सेवा लिनुपूर्व सीजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्नेछ। सीजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
Shares

प्रतिक्रिया