आज सुनकाे मूल्य थाेरै घटेको छ।
प्रतितोला दुईसय रुपैयाँ घटेर आज सुनको भाउ एक लाख ९९ हजार दुईसय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुईहजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
1.5k
Shares

प्रतिक्रिया