कारोबार


प्रिमियम ईभी जिकर एक्स खरिदमा नाइमा अफर, के के सुविधा?

प्रिमियम ईभी जिकर एक्स खरिदमा नाइमा अफर, के के सुविधा?

नेपालखबर
साउन २१, २०८२ बुधबार १४:५५, काठमाडौँ

पायोनियर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्सपोको अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्समा विशेष छुट योजना ल्याएको छ। 
नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियरले यो योजनामार्फत नेपाली बजारमा जिकर सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ।

ग्राहकहरूका लागि विशेष अफरसहित जिकर एक्स २५ गतेसम्म हुने नाइमा मोबिलिटी एक्सपोमा ८४.९९ लाखको सवारी ६९.९९ लाखमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, एक्सपो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।

जिकर एक्समा समावेश हुने प्रमुख विशेषताहरूमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (अड्यास), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउँछ।

योजनाअन्तर्गत ग्राहकहरूले जिकर एक्स सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटहरू सहित खरिद गर्न सक्नेछन्। यस्ता सुविधाहरूमा केहि सर्त तथा नियमहरू लागू हुनेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad