कारोबार


हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’  बम्पर अफरको विजेता घोषणा

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १९:३७, काठमाडौँ

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ।

यस अफरको महापुरस्कार हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।

‘फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको सबैभन्दा ठूलो चाडपर्व दसैँ र तिहारको अवसरमा सुरु गरिएको थियो। यो अभियान २०८१ भदौ ६ गते देखि कार्तिक २३ गतेसम्म सञ्चालनमा थियो।

जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो।

यो अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बनेको छ।       

बम्पर पुरस्कार विजेताको घोषणा यही साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको छ। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपालकी अध्यक्ष विमला खनालको संयोजकत्वमा गरिएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कुबेर कन्स्ट्रक्सन प्रालिलाई यस भव्य जितका लागि हार्दिक बधाई ज्ञापन गर्नुका साथै यस अभियानलाई भव्यताका साथ सफल बनाउन सक्रिय सहभागी हुने सम्पूर्ण ग्राहकवर्गप्रति गहिरो कृतज्ञता व्यक्त गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad