कारोबार


लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

नेपालखबर
साउन १५, २०८२ बिहिबार १९:२८, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा छुट सुविधा पाउने भएका छन्। 

विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो। 

योसँगै बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरुमा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन्।  

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad