राजनीति


भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन: भूमिमन्त्री अधिकारी

भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन: भूमिमन्त्री अधिकारी

नेपालखबर
साउन १५, २०८२ बिहिबार १९:३२, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन्।  

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको गलत व्याख्या भइरहेको बताएका हुन्। 

उनले विगतमा भूमि वितरणमा गलत काम भएको उल्लेख गर्दै त्यसको सुधार गर्न विधेयक ल्याइएको स्पष्ट गरे। उनले विगतका कमजोरी सुधार्दै वास्तविक भूमिपीडितलाई जग्गा दिन ऐन संशोधन भइरहेको उल्लेख गर्दै  अनावश्यक हल्ला फैलाउनुको सट्टा विधेयकको सार र उद्देश्य बुझ्न आग्रह गरे। 

‘यो विधेयकमा किचलो गर्नुपर्ने ठाउँ पनि छैन। विगतमा भूमिको कारोबार गर्ने र वितरण गर्दा मानिसहरूले गलत काम पनि गरेका रैछन् । र गलत काम भएको पनि छ। बसोबास एउटाको छ जग्गा अर्कैको नाममा दर्ता भएको अवस्था पनि छ,' उनले भने, 'यस्ता कामहरूले गर्दा यो विधेयक पनि त्यही सन्दर्भमा जोडिने त होइन भन्ने हिसाबबाट मात्रै हेरियो। यो ऐनमा के छ, कुन कुरा सुधार्न खोज्यो? र के गर्न खोज्यो भन्दा पनि हिजो यस्तो भएको थियो यो विधेयक आएपछि पनि यस्तै हुन्छ भन्ने हल्ला भइदियो।’

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उद्देश्यले विधेयक अघि सारिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad