सेयरबजारमा आज ४७.९३ अंकको पहिरो गएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको हो।
योसँगै १६ अर्ब ४४ करोडको सेयर खरिदबिक्री भएको छ। कुल ३ करोड ६४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
बुधबार २३ वटा सेयरको मूल्य बढे पनि २२६ वटाको घटेको नेप्सेले जनाएको छ। यस दिन कारोबार सुरु भएदेखि नै सूचक झरेको थियो।
आज सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै ट्रेड टावरको ९.९९ प्रतिशत, समता घरेलु लघुवित्त ६.७४ प्रतिशत, सिकलेस हाइड्रो ५.१६ प्रतिशत र भूगोल इनर्जी ३.८२ प्रतिशतले बढेका छन्।
तर ग्रिन डेभलपमेन्ट बैंक ८.०४ प्रतिशत, कालिका पावर कम्पी ६.०१ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त ५.४२, नाडेप लघुवित्त ५.४२ प्रतिशत र स्वरोजगार लघुवित्त ५.२६ प्रतिशतले झरेका छन्।
सर्वाधिक कारोबार भने हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताले गरेका छन्। बुधबार यो कम्पनीको १ अर्ब ३२ करोडको सेयर किनबेच हुँदा हिमालयन डिस्टिलरीको ७३ करोड, शिवम् सिमेन्टको ५७ करोड र ग्रिन भेन्चर लिमिटेडको ५६ करोडको कारोबार भएको छ। यसबाहेक नेपाल पुनर्बीमा कम्पनीको ५४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया