कारोबार


खडेरीग्रस्त मधेसमा हितेन्द्र : सिँचाइ र खानेपानीमा प्राधिकरणले सघाउने, बजेट दिन माग

खडेरीग्रस्त मधेसमा हितेन्द्र : सिँचाइ र खानेपानीमा प्राधिकरणले सघाउने, बजेट दिन माग

नेपालखबर
साउन १३, २०८२ मंगलबार १४:२७, काठमाडौँ

लामो खडेरीका कारण सुक्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्यसहितको टोली मधेश प्रदेश पुगेको छ। 

कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग छलफल अन्तरक्रिया गरी सुख्खा खडेरी परि देखिएको संकटमा आम सर्वसधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनि सुझाव लिएका थिए।

प्रधान्मन्त्रीले मधेश प्रदेशका विभिन्‍न जिल्लामा पाँच सय डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबबेल सञ्‍चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनि जानकारी लिएका थिए।

सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथि हुने तर त्यसको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताए।

प्राधिकरणको कारणले यो संकटमा समस्या नआओस् भन्‍ने कुरामा सचेत रहेर नै आफैँ फिल्डमा पुगेर वास्तविकताबारे जानकारी लिएको शाक्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad