उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौतीहरु रहेको बताएका छन्।
आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताएका हुन्। मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ।
उद्योगमन्त्री भण्डारीले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए। छिमेकी मुलुकहरूसँगको व्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ।
'खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्वसमेत गुमिरहेको छ। खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ,' उनले भने, 'चोरी निकासीबाट भन्दा पछि अधिकतम रुपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरु भित्राउने भन्नेमा हामी लागिरहेका छौं। व्यापारलाई सहजिकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ।’
Shares

प्रतिक्रिया