नेपालको राहदानी (इ-पासपोर्ट) छपाइका लागि जर्मन कम्पनी भेरिडोससँग सम्झौता भएको छ।
भेरिडोसले दोस्रो प्याकेजको ठेक्का पाएको थियो। कम्पनीले ६ अर्ब ११ करोड रुपैयाँमा ठेक्का हालेको छ।
पहिलो प्याकेजको ठेक्का भने जर्मनीकै मेहलबुर आई सर्भिसले पाएको छ।
भेरिडोससँग आज विभागले सम्झौता गरेको हो। सम्झौता पत्रमा विभागका महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका एसिया प्रशान्त हेर्ने उपाध्यक्ष फाबियोला बेलर्सेमले हस्ताक्षर गरेका छन्।
योसँगै कम्पनीले ५ वर्षमा ६४ लाख पासपोर्ट छाप्नेछ।
138
Shares

प्रतिक्रिया