पार्टी अनुशासन समितिले पार्टीबाटै निष्काशनको निर्णय गरेपछि नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले केन्द्रीय कार्यसमितिमा पुनरावेदन गरेका छन्।
अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको १९ दिनपछि राईले सोमबार सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पुनरावेदन दर्ता गराएका हुन्।
आफूलाई कारबाही गर्ने अनुशासन समितिको निर्णय बदर गर्नुपर्ने ७ वटा आधारसमेत उनले बुझाएका छन्।
राईले अनुशासन समितिले उजुरीमाथि छानबिन गरी ६ महिनाभित्रै निर्णय गर्नुपर्नेमा २ वर्ष नाघिसकेपछि गरेको निर्णय विधान विपरीत भएकाले बदर गर्न माग गरेका छन्।
कारबाही बदरको माग गर्दै पुनरावेदन भएका ७ बुँदा


1.3k
Shares

प्रतिक्रिया