नेपाल टेलिकमको ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएम) कोर नेटवर्कमा समस्या आउँदा सेवा प्रभावित भएको छ।
पौने जीएसएम कोर नेटवर्कमा समस्या आउँदा फोरजी डेटा डाउन भएको छ।
‘समस्या पहिचान गर्दै छौँ। सकेसम्म चाँडो गर्दै छौँ। कति समय लाग्छ भन्न सकिने अवस्था छैन’, नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले भने।
उक्त समस्यका कारण ४ बजेसम्म फोन, एसएमएस सेवा पनि अवरुद्ध भएको थियो। अहिले यो समस्या हल भइरहेको छ भने डेटामा अवरोध कायम नै छ।
402
Shares

प्रतिक्रिया