कारोबार


नेपाल वायुसेवा निगमले भारतमा पायो आईटीसीटीए अवार्ड

नेपाल वायुसेवा निगमले भारतमा पायो आईटीसीटीए अवार्ड

नेपालखबर
साउन १२, २०८२ सोमबार १२:५, काठमाडौँ

नेपाल वायुसेवा निगमले भारतमा अवार्ड पाएको छ। 

नयाँ दिल्लीमा आयोजना गरिएको १०औँ ‘इन्टरनेशनल टुरिज्म कन्क्लेभ एन्ड ट्राभल अवार्ड्स (आईटीसीटीए) २०२५ मा नेपाल रुटको उत्कृष्ट वायुसेवा प्रदायको अवार्ड पाएको हो। 

होटल ले मेरिडियनमा एक समारोहका बीच जुलाई २६ मा आयोजित समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक अजय ग्प्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम बानीले संयुक्त रुपमा निगमलाई उक्त सम्मान प्रदान गरेको निगमका प्रवक्ता सुवास डाँगीले बताए। 

प्रत्येक वर्ष पर्यटन तथा उड्डयन क्षेत्रमा उत्कृष्ट योगदान दिने संस्थाहरुमध्ये छनोट गरी यो समारोह आयोजना हुने गरेको छ। समारोहमा भारत सरकारका वरिष्ठ अधिकारीहरु, पर्यटन बोर्डका प्रतिनिधिहरु, टुर अपरेटर, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायीहरुलगायत सम्बन्धित विज्ञहरुको उपस्थिति रहेको निगमले जनाएको छ। 

निगमको तर्फबाट दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरु कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाललगायत सहभागी भई निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेका थिए। 

यसले निगमको प्रतिष्ठालाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुग्ने निगमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad