बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सत्ता साझेदार नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ।
संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्। अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन्।
‘बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा नेपाली कांग्रेसका सांसदहरुबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ,’ थपलियाले भने, ‘यो उहाँहरुको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो। हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन। नितान्त उहाँहरुको विषय हो। जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो।’
उनले सरकारलाई अस्थिरतामा राख्न नहुने र चाँडो समस्याको हल गर्नुपर्नेमा समेत जोड दिए। ‘सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ,’ थपलियाले भने, ‘प्रदेश सरकार अस्थिर भयो, विकासका कामहर नहुने भए भन्ने प्रश्न छ। यस्तो कुरा आउनु ठिक होइन। चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ। हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन।’
मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्। अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन्।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन्।
Shares

प्रतिक्रिया