कारोबार


तीन दिनमा ४ हजार घटेको सुनको मूल्य आज कति?

तीन दिनमा ४ हजार घटेको सुनको मूल्य आज कति?

नेपालखबर
साउन १२, २०८२ सोमबार ११:७, काठमाडौँ

गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज स्थिर छ। आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad