कारोबार


अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो

नेपालखबर
साउन १२, २०८२ सोमबार ५:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलरको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। पाउन्ड र बहराइन दिनारको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा छ। हिजो रो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ४५४ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad