कारोबार


ठूलो परियोजनामा लगानी गर्न सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्री खड्काको आग्रह

ठूलो परियोजनामा लगानी गर्न सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्री खड्काको आग्रह

नेपालखबर
साउन ११, २०८२ आइतबार १५:२२, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।

आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।

करिब तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताए।

उनले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए। २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे। त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए।  

उनले भने, ‘हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको। २४ सै घण्टा विद्युत आपूर्ती गर्न सक्ने। हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफूैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने। आजको आवश्यकतामा नयाँ खोजी के त? यत्रो ठूलो समूदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने। विनको सम्भावना के छ? त्यसको अध्यन गर्ने, काम सुरु गर्ने। अर्थात् कुनै ठूलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ।’

मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए। पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो। सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताए।

यस्तै, उनले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गरे। नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए। त्यस्ता सस्थालाई संस्थाको रोजगारी, लगानी, हिसावकिताव सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव छ। 

उनले भने, ‘सामुदायिकीका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ। हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने रु धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ। प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर। ज–जसले चलाउन सकिरहनुभएको छैन, उनहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस्। के छ त्यहाँको हिसाव किताव रु के छ साथीहरूको रोजगारीका कुराहरू रु त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गरे।

नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad