नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा इस्टिच्युट अफ चार्टड एकाउन्ट्स अफ नेपाल (आईक्यान)बाट प्रतिनिधि सदस्य नीलबहादुर सारु मगर बहिरिएका छन्।
उनी आईक्यानका उपाध्यक्ष थिए। उपाध्यक्षबाट यही साउन २ गते अध्यक्ष भएसँगै बोर्ड सदस्यबाट उनी फिर्ता भएका हुन्। धितोपत्र बोर्डले अब उनको स्थानमा आईक्यानबाट अर्को प्रतिनिधि आउने जनाएको छ।
योसँगै बोर्ड सञ्चालक समितिमा चार जना मात्र हुनपुगेका छन्।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा रहेको बोर्डको ४ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र विज्ञ भोलानाथ ढुंगाना सदस्य छन्।
यसअघि उद्योग वाणिज्य महासंघकका तर्फबाट बोर्डको सञ्चालक बनेका गोकर्ण अवस्थीले पनि व्यक्तिगत कारण देखाउँदै समितिबाट राजीनामा दिएका थिए।
Shares

प्रतिक्रिया