नेपाल राष्ट्र बैंकले ब्याज घटाएर निक्षेप संकलन गर्न थालेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेसँगै बैंकले सस्तिएको दरमा निक्षेप संकलन गर्न थालेको हो।
साउनबाट कार्यन्वयनमा आएको मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार बैंकले साउन ४ गते ४२ दिनका लागि ५६ अर्ब निक्षेप संकलन गरेको थियो भने बोलकबोलमा भारित औसत दर २.७४ प्रतिशतमा निक्षेप संकलन गरेको थियो।
गत असारसम्म बैंकले न्यूनतम २.९९ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। साउनयता भने यस्तो दर घटेको हो।
बुधबार पनि राष्ट्र बैंकले ८० अर्ब बराबरको ५६ दिने निक्षेप जारी गरेको छ। बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलमा सहभागी हुनुपर्नेछ।
बैंकले आज संकलन गरेको निक्षेप असोज १ गते ब्याजसहित निक्षेपधनीलाई फिर्ता गर्नेछ।
Shares

प्रतिक्रिया