एनआईसी एसिया बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिस प्रालिले सेवामा छुटसम्बन्धी सम्झौता गरेका छन्।
यसअनुसार बैंकका ग्राहकले उक्त आई केयरमा आँखा उपचार सेवामा विशेष छुट पाउने सम्झौता भएको हो।
सम्झौतासँगै ग्राहकले एएसजी आई केयर एन्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले शल्यक्रिया प्रक्रियाहरुमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, सामान्य जाँच र अप्टिकल/लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन्।
सुविधाका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
Shares

प्रतिक्रिया