कारोबार


ट्रायम्फ नेपालको ‘लिगेसी राइडः सौराहा एडिसन’ मा १६० किलोमिटरको यात्रा

ट्रायम्फ नेपालको ‘लिगेसी राइडः सौराहा एडिसन’ मा १६० किलोमिटरको यात्रा

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:५७, काठमाडौँ

ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल रयालीको तेस्रो संस्करण, ‘ट्रायम्फ लिगेसी राइडः सौराहा एडिसन’, साउन २ देखि ३ सम्म सफलतापूर्वक आयोजना गरेको छ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित यस राइडमा ३५ जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए।

राइडको सुरुवात पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट भएको थियो। पोखराको डाँडाकाँडा हुँदै तराईका समथर भूभागहरू पार गर्दै ट्रायम्फ मोटरसाइकलको समूह सौराहा, चितवनतर्फ अघि बढेको थियो। करिब १६० किलोमिटरको रमणीय यात्रा पार गरेर राइडरहरू साँझ सौराहा पुगेका थिए।

सौराहामा राइडरहरूले थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर जस्ता रमाइलो गतिविधिहरूमा सहभागी भई यात्रा थप अविस्मरणीय बनाएका थिए।

शनिबार बिहान, चितवन राष्ट्रिय निकुञ्जको जङ्गल सफारीमा सहभागी भएर उनीहरूले एकसिंगे गैँडा लगायत विभिन्न वन्यजन्तुहरूको अवलोकन गरे। त्यसपछि उनीहरू रमणीय बाटो हुँदै फिर्ती यात्रा गर्दै पोखरा फर्किए।

यस यात्रा मार्फत ट्रायम्फ राइडरहरूले नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको अनुभव गर्दै आन्तरिक पर्यटन तथा दुईपांग्रे पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।

ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फ लिगेसी राइड : सौराहा एडिसनले देशभरिका राइडरहरूलाई एउटै यात्रामा जोड्यो, जहाँ उनीहरूले नेपालको अनुपम प्रकृति र सांस्कृतिक विविधता अन्वेषण गर्दै राइडिङ्गप्रतिको आफ्नो उत्साह र अनुभवहरू बाँडे।’

नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगामी दिनहरूमा यस्तै थप राइडहरू सञ्चालन गर्दै आन्तरिक पर्यटन र मोटरसाइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad