कारोबार


अनलाइनमार्फत् २६ करोड कर असुली

अनलाइनमार्फत् २६ करोड कर असुली

दीपक भट्ट
असार २२, २०७६ आइतबार १२:३१,

सरकारले चालू आर्थिक वर्षको भदौदेखि सुरु गरको विद्युतीय माध्यमबाट कर भुक्तानी सेवामा करदाताहरुको राम्रो आकर्षण देखिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री भएपछि पहिलो निर्णय विद्युतीय प्रणालीबाट भुक्तानी सेवा उपलब्ध गराउनेबारे पहिलो निर्णय गरेका थिए। सो निर्णय अनुसार गत वर्ष साउनमा उक्त प्रणाली तयार गरि भदौदेखि विद्युतीय भुक्तानी सेवा उपलब्ध गराइएको थियो।

भदौदेखि अहिलेसम्मको १० महिना अवधिमा नै २१ हजार करदाता यसमा समावेश भएका हुन्।

आन्तरिक राजश्व विभागका अनुसार विद्युतीय माध्यमद्वारा आय कर, भ्याट, पुँजीगत लाभकर लयागतका कर बुझाउनेहरु रहेका छन्। यी शीर्षकहरुमा एउटै करदाताहरु पनि दोहोरिएका छन्। जस अनुसार विद्युतीय माध्यमद्वारा कर बुझाउने यकिन संख्या भने ६ हजार १ सय ५० रहेको छ। जस अनुसार २६ करोड ६७ लाख ५५ हजार ८ सय रुपैयाँ कर कर कार्यलयमा दाखिला भएको छ।

व्यक्तिगत रुपमा तथा कम्पनी दर्ताको हिसाबले २१ लाखको हाराहारीमा नेपालमा कुल करदाता रहेका छन्। त्यसमा करिब आधाको संख्यामा मात्रै सक्रिय करदाता रहेको विभागको भनाई छ।

चालू आर्थिक वर्षमा भने सरकारले आन्तरिक राजस्व ४ खर्ब ४ अर्ब रुपैंया उठाउने लक्ष राखेको थियो जस अनुसार आज (आइतबार) सम्ममा ३ खर्ब ९ अर्ब रुपैयाँ संकलन गरेको छ। चालू आर्थिक वर्षको अन्ततिरै पुग्न लाग्दा करिब १ खर्ब रुपैयाँ अपुग रहेको छ। लक्ष्य अनुसार नै राजस्व दाखिला गर्न नसकिने तर लक्ष्यको नजिक भने पुग्ने विभागको भनाई छ। विभागका निर्देशक सुनिल कुमार यादवका अनुसार असारमा सबैभन्दा धेरै रकम संकलन हुन्छ। त्यसमा पनि आवको अन्त्यतिर धेरै राजस्व आउने भएकोले केही दिनमा नै करिव ४० अर्बको हाराहारीमा  संकलन हुने बताइएको छ।

कसरी सुरु भयो विद्युतीय माध्यमा कर भुक्तानी?

 सरकारले दुईवटा पोर्टल नै निर्माण गरेको विद्युतीय भुक्तानी सेवा सुरुवात गरेको थियो। revenue.fcgo.gov.np / rajaswa.fcgo.gov.np मार्फत विद्युतीय माध्यमबाट समेत राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाएको हो। जसमा करदाताले आफ्नो नाम र कर कार्यलयले दिएको कोड नम्बर राखेर सरकारले तोकेको रकम भुक्तनी गर्न सकिने व्यवस्था गरेको हो।

66612467 323432521875150 379975305705553920 n

घर वा कार्यालयबाट महालेखा निणन्त्रकको कार्यलयमा रहेको बैंक खातामा जम्मा हुने गरी सरकारी कारोबार गर्ने बैंकको जुनसुकै शाखाबाट पनि जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारलाई राजस्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु पर्दैन। करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधैँ सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने सक्ने छन्। चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन र आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ।

विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेबिट कार्डमार्फत पीएसओ मेसिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको हो।

गत वर्ष बैंशाख १२ गतेदेखि नै अर्थ मन्त्रालयले पहिलो पाइलट योजनाको रुपमा करदाता सेवा कार्यालय ठमेलबाट १ लाख रुपैयाँभन्दा कम राजश्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवाको सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad