केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा छन्। चोपडा र जोनस विश्वकै चर्चित जोडीमध्येका एक हुन्।
उनीहरुबीचको गहिरो प्रेम उनीहरुको सामाजिक संजालले पनि झल्काउँछ। उनीहरु दोहोर्याउँदै एकअर्काका फोटोहरु पोस्ट गरिरहन्छन्।
View this post on InstagramBest use of a vacation. The hubby taking pictures. Lol ? ?@nickjonas ? ☀️ ? ?
A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on
हालै निक जोनासले श्रीमती प्रियंकासँग नाचेको भिडियो सार्वजनिक गरेका थिए। इन्स्टाग्राममा उक्त भिडियो सार्वजनिक भएपछि त्यो भाइरल बनेको छ।

निकले प्रियंकासँग नाचेको भिडियोको चर्चा सेलाउन नपाउँदै प्रियंका चोपडाले आफ्ना पति निकले खिचेका बोल्ड तस्बिरहरु सार्वजनिक गरेका छन्।
फेसबुक र इन्स्टाग्राममा फोटोहरु सार्वजनिक गरिएका छन्। प्रियंकाले उक्त फोटोहरु श्रीमान निलके खिचेको जनाएकी छन्।


प्रतिक्रिया