कारोबार


राष्ट्र बैंकबाट अवकाशप्राप्त ढकाल बने राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

राष्ट्र बैंकबाट अवकाशप्राप्त ढकाल बने राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

नेपालखबर
साउन २, २०८२ शुक्रबार १७:१, काठमाडौँ

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका देव कुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका छन्। 

ढकाललाई साउन २ गतेबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको हो। नियुक्ति पाएसँगै ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष शपथग्रहण गरिसकेका छन्। 

ढकालले शपथग्रहण सकेर अहिले सञ्चालक समितिको पहिलो बैठकमा बस्दै छन्। 

ढकाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनले बैंकको सुपरिवेक्षण विभाग तथा नियमन विभाग सम्हालेका थिए। उनले ०८१ मंसिर ६ गते अवकाश लिएका थिए। 

नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदअनुसार अनिवार्य अवकाश लिनुपर्ने व्यवस्थाअनुसार उनले अवकाश पाएका थिए। अवकाशपछि पनि सरकारी स्वामित्व रहेको वाणिज्य बैंकमा उनलाई अध्यक्षमा नियुक्त गरिएको हो। 

उनको कार्यकाल ४ वर्ष रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad