कारोबार


सचिव शर्मा भन्छन्– बाढी र पहिरोले सडक अवरोध भए २ घण्टाभित्रै खुलाउँछौँ

सचिव शर्मा भन्छन्– बाढी र पहिरोले सडक अवरोध भए २ घण्टाभित्रै खुलाउँछौँ

नेपालखबर
साउन २, २०८२ शुक्रबार १४:३६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले वर्षायामका बेला बाढी पहिरोबाट दुई घण्टाभन्दा बढी समय सडकमा अवरोध नहुने दाबी गरेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सचिव शर्माले वर्षातको समयमा दुई घण्टाभित्र सडक खुलाउने गरी तयारी गरेको बताएका हुन्।

‘सडक अवरोध भएको स्थानमा आधा घण्टाभित्र उपकरण पुग्छ। दुई घण्टाभित्रमा सवारी सञ्चालन हुने गरी काम सम्पन्न हुन्छ’, सचिव शर्माले भने।

गत वर्षको वर्षातमा बीपी राजमार्गबाहेक अन्य राजमार्ग एक दिनभित्रमा सवारी सञ्चालन गर्ने गरी खुलाइएको उनले बताए। 

यो वर्ष पनि वर्षातको समयमा राजमार्गहरु लामो समयसम्म अवरुद्ध हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad