कारोबार


१०औँ वर्षमा प्रभु हेलिकप्टर, आईपीओ निष्काशनको तयारी

१०औँ वर्षमा प्रभु हेलिकप्टर, आईपीओ निष्काशनको तयारी

नेपालखबर
साउन २, २०८२ शुक्रबार १४:२८, काठमाडौँ

प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ।

एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सबै सेयर किनेर प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको थियो।

१० वर्षमा प्रवेश गरेको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए।

“नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाइ यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ”, उनले भने।

प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ।

सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ। साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाइ उडान गर्नुका साथै उद्धारलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ। 

सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीसँग पोखरामा आफ्नै ह्यांगर सुविधा पनि उपलब्ध छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर प्रमाणपत्र (एओसी) नम्बर ०८१/२१३‑१ अन्तर्गत सञ्चालनमा छ।

यसैबीच प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशनको तयारी गरेको छ। कम्पनीका अनुसार यसका लागि आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad