डडेल्धुरामा हँसिया प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
गन्यापधुरा गाउँपालिका ३ डिलका ५४ वर्षीय करन भुलले आफ्नै घरमा श्रीमती ४० वर्षीय खिमा देबी भुलको हत्या गरेका हुन्।
उनी बिहीबार हत्या गरेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार आरोपीलाई भाग्दै गरेको अवस्थामा शुक्रबार
गन्यापधुरा गाउँपालिका ३ गोयलखेतबाट पक्राउ गरिएको हो।
हँसियाले श्रीमतीको घाँटीमा प्रहार गरेर हत्या गरेका थिए। आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया