कारोबार


बागमतीका १२२ करदाता कारबाहीमा

बागमतीका १२२ करदाता कारबाहीमा

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:२, काठमाडौँ

हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदातालाई कारबाही गरेको छ। 
    
लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन्।  

‘कर नबुझाउनेहरूको अभिलेख तयार भएको छ,’ उनले भने, ‘नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१÷८२ मा करदाता बढेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad