कारोबार


२१ खर्ब बढीको सेयर कारोबारले बनायो ऐतिहासिक कीर्तिमान

२१ खर्ब बढीको सेयर कारोबारले बनायो ऐतिहासिक कीर्तिमान

नेपालखबर
साउन १, २०८२ बिहिबार १७:५, काठमाडौँ

आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको नेप्सेले उल्लेख गरेको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१ / ८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको हो।

कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी भएको नेप्सेले जनाएको छ। यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो।

यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ।

वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्काशनमार्फत ४ वटा कम्पनी थपिएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार प्रथम निष्काशनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्काशनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad