कारोबार


निगमले तिर्‍यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

निगमले तिर्‍यो जहाज खरिदका लागि लिएको ऋणको असारसम्मको किस्ता

नेपालखबर
साउन १, २०८२ बिहिबार १६:३७, काठमाडौँ

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी खरिद गर्दा लिएको ऋणको असार मसान्तसम्मको पूरा र आंशिक भुक्तानी गरेको छ। 

प्रवक्ता सुवास डाँगीका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडीको असारसम्मको पूरा किस्ता र दुई वाइडबडीको आंशिक भुक्तानी गरेको हो। 

३२ गते कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको उनले बताए। 

निगमले असारसम्म कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad