त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको ५३औँ वार्षिकोत्सवमा युवाहरुले रक्तदान गरेका छन्।
त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाइ समितिले आयोजना गरेको रक्तदान तथा वृक्षरोपण कार्यक्रमअन्तर्गत टिचिङ अस्पतालमा ६५ युवाले रक्तदान गरेका हुन्।
वरिष्ठ समाजसेवी युवा व्यवसायी अमर लामाको नेतृत्वमा रक्तदान गरिएको थियो।
देशैभरका बिरामीहरु उपचारार्थ आउने टिचिङ अस्पतालमा गरिब, निमुखा बिरामीहरुले समयमै रगत पाऊन् भन्ने उद्देश्यले रक्तदान गरिएको नेपाल तरुण दल केन्द्रीय सदस्य गोविन्द पौडेलले जानकारी दिए।
टिचिङमा युवाहरुले दोस्रोपटक रक्तदान गरेका हुन्। यसअघि पनि ५५ युवाले रक्तदान गरेका थिए।
1.2k
Shares

प्रतिक्रिया