कारोबार


नेपाल लाइफद्वारा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफद्वारा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपालखबर
असार ३२, २०८२ बुधबार १६:९, काठमाडौँ

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ। 

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे।

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीको भनाई छ।

आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्ने नेपाल लाइफको विश्वास छ।

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बिमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad