कारोबार


३४ अंकले बढ्यो सेयरबजार, ९ अर्ब बढीको किनबेच

३४ अंकले बढ्यो सेयरबजार, ९ अर्ब बढीको किनबेच

नेपालखबर
असार ३१, २०८२ मंगलबार १६:१, काठमाडौँ

सेयरबजार आज ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक १.२६ प्रतिशतले बढेको दिन २ सय ९ वटा सेयरको मूल्य पनि बढेको छ। त्यस्तै ३९ वटाको सेयर मूल्य भने घटेको छ। 

सुपर मादी हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, ओम मेगाश्री फर्म्यास्युटिकल्स र कुमारी बैंक डिबेन्चरको क्रमशः ८.०८, ५.८६, ५.७१, ५.४३ र ५.२७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो। 

यता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आईएमई बैंक डिबेन्चर, शुभम् पावर, चिर्ख्वा हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंकको भने क्रमशः ४.६४, ३.८३, ३.३३, ३.२६ र २.८२ प्रतिशतले सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। 

मंगलबार बुटवल पावर कम्पनीको ५२ करोड, निफ्रा ग्रिन इनर्जी डिबेन्चर ५० करोड, राधी विद्युत् ४३ करोड, एनआईसी एसिया र एनआरएन इन्फ्रास्ट्रक्चरको समान ३० करोडको कारोबार भएको छ। 

आज सेयरबजारमा कुल ९ अर्ब ४१ करोडको सेयर किनबेच भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad