कारोबार


ऊर्जा उत्पादकसँग देउवाले भने– सेयर निष्कासन रोकिएको सुनेँ, रोक्नुहुँदैन

ऊर्जा उत्पादकसँग देउवाले भने– सेयर निष्कासन रोकिएको सुनेँ, रोक्नुहुँदैन

तस्बिरः देउवाको फेसबुक पेजबाट


नेपालखबर
असार ३१, २०८२ मंगलबार १२:२०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका हुन्।

उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै उनले यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनुपर्नेमा जोड दिए।

‘अहिले उत्पादन विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो, यसमा निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ,’ देउवाले भने, ‘लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ। लगानीकर्तालाई दुःख दिने भन्ने कुरै छैन।’

उनले थपे, ‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ। सेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्नेछ, यसलाई रोक्नुहुँदैन भन्ने मान्यता छ। ऊर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण र प्रकृतिले दिएको सम्पत्ति हो। ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ। ग्रिन इनर्जीमा ध्यान बढी दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ।’

देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिका पछाडि देशले अघि बढाएको उदारवाद तथा निजीकरणको नीतिको मुख्य भूमिका रहेको दाबी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad