काठमाडौँ महानगरले आगमी आर्थिक वर्षको लागि २५ अर्ब ७६ करोड रुपैयाँको बजेट ल्याएको छ।
सबैभन्दा धेरै बजेट ल्याउने महानगरको खर्चमा भने चालू आवमा पनि सुधार देखिन सकेन। चालू आर्थिक वर्षको लागि २४ अर्ब ९० करोडबराबरको बजेट ल्याएको महानगरले खर्च भने १३ अर्ब ३ करोडमात्रै गर्न सकेको हो।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपमेयर सुनिता डंगोलले चालू आवमा कुल बजेटको ५२.१३ प्रतिशत मात्रै रकम खर्च गर्न सकेको उल्लेख गरिन्। यो वर्ष कुल ११ अर्ब ८७ करोड रुपैयाँ खर्च गर्न नसकेको हो।
यस्तै महानगरको पुँजीगत खर्च पनि निराशाजनक नै छ। चालू आवमा महानगरले कुल बजेटको ४४.७२ प्रतिशतमात्रै पुजिगत खर्च गर्न सकेको छ। पुँजीगततर्फ कुल १५ अर्ब ६ करोड रुपैयाँ छुट्याइएकोमा महानगरले ६ अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च गर्नसकेको हो।
यस्तै महानगरले चालूतर्फ ६३.४२ प्रतिशत खर्च गरेको छ। चालू खर्चका लागि महानगरले ९ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेकोमा ६ अर्ब २२ करोडमात्रै खर्च गरेको हो।
Shares

प्रतिक्रिया