कारोबार


समाज लघुवित्तसँग गाभिने ग्रामीण विकास लघुवित्तको प्रस्ताव सर्वसम्मत पारित

समाज लघुवित्तसँग गाभिने ग्रामीण विकास लघुवित्तको प्रस्ताव सर्वसम्मत पारित

नेपालखबर
असार २९, २०८२ आइतबार १३:१, काठमाडौँ

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व. २०८०/८१ अवधिको दशौँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ।

भौतिक तथा भर्चुअल/विद्युतीय माध्यममार्फत सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा साधारणसभा गरिएको हो। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

यसअनुसार संस्थाले आ.व. २०८०/८१ को आषाढ मसान्तसम्म देशका ५६ जिल्लाका १८९ शाखा कार्यालयहरूमार्फत ३६९ स्थानीय तहमा २ लाख १६ हजार ८७५ सदस्य र ८९ हजार ६८६ ऋणी सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा पु¥याई २०८१ असार मसान्तसम्म कुल लगानीमा रहिरहेको बाँकी कर्जा १२.२३ अर्ब र बचत ३.५४ अर्ब रहेको विवरण पेस गरिएको थियो। 

सभामा सेयरधनीको जिज्ञासाको जवाफ प्रमुख कार्यकारी अधिकृतले दिएका थिए। त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/८१ कोे संस्थाको वार्षिक प्रतिदेन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावलाई सर्वसम्तिबाट पास गरेको छ।

यसैगरी विशेष प्रस्तावको रुपमा ग्रमीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पास गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad