कारोबार


बुंगल हाइड्रोले निष्काशन गर्‍यो आईपीओ

बुंगल हाइड्रोले निष्काशन गर्‍यो आईपीओ

नेपालखबर
असार २९, २०८२ आइतबार १२:३०, काठमाडौँ

बुंगल हाइड्रो लिमिटेडले आजबाट प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि आजबाट आईपीओ निष्काशनमा ल्याएको हो। 

कम्पनीले जारी पुँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् २९ करोड ५० लाख रकम बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशनमा ल्याउनेछ। यसअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि २ लाख ७ हजार ५ सय कित्ता र आयोजना प्रभावितका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो। 

कम्पनीले बाँकी रहेको सेयर भने कम्पनीले सर्वसाधारणलाई दोस्रो चरणमा सेयर निष्काशन गर्नेछ। पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावित बासिन्दाले पाएका हुन्। 

यो आईपीओमा आजबाट साउन ११ सम्म रहनेछ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र उनको परिवारको सेयर रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९२ रुपैयाँ १६ पैसा मात्रै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad