नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई पुँजी र कारोबारका आधारमा वर्गीकरण गर्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले नयाँ वर्षको मौद्रिक नीतिमा सो व्यवस्था गर्ने उल्लेख गरेका हुन्।
‘विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्थाको सम्बन्धमा अध्ययन गरिनेछ’, नीतिमा भनिएको छ।
त्यसैगरी बंगलादेश र श्रीलंकालगायत विदेशी मद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ।
यसबाहेक विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान दर) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने तथा परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गरिने भएको छ।
Shares

प्रतिक्रिया