कारोबार


पूर्वअर्थमन्त्री पुनले भने– सरकारी लगानी धरापमा पारेर नयाँ स्टक ल्याउन आवश्यक छैन (भिडिओ)

पूर्वअर्थमन्त्री पुनले भने– सरकारी लगानी धरापमा पारेर नयाँ स्टक ल्याउन आवश्यक छैन (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८२ बिहिबार १९:८, काठमाडौँ

पूर्वअर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताएका छन्। 

नेपाल स्टक एक्सचेन्ज हुँदाहुँदै अर्को स्टक एक्सचेन्ज ल्याउन नहुने बिहीबारको अर्थसमिति बैठकमा उनले बताएका हुन्। 

बैठकमा नेपाल धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई समेत डाकिएको थियो। पूर्वमन्त्री पुनले नेप्सेलाई सुधार गरेपछि मात्र अर्कोबारे सोच्न सकिने बताए।  

उनले भने, ‘अहिले नेप्से हुँदाहुँदै अर्को चाहिने अवस्था छैन। अर्को किन चाहियो? यसलाई नै सुधार गरौँ। ५१ प्रतिशत निजीलाई दिएर पनि हेर्न सकिन्छ। त्यसपछि पनि भएन भने बरु निजीलाई (अर्को लाइसेन्स) दिन अध्ययन गरौँ।’

निजीलाई स्टक चलाउन दिन हतार गर्नु भनेको सरकारले आफ्नो लगानी धरापमा पार्नु भएको उनको भनाइ थियो। 

सरकारी लगानी धरापमा पारेर निजी एउटालाई बजार सञ्चालनको अनुमति दिनु आफूलाई डुबाएर अरुलाई पोस्नुजस्तो हुने पुनको भनाइ छ। 

त्यसैगरी उनले अध्यक्ष श्रेष्ठले आफ्नो लगानी रहेको कम्पनीलाई आईपीओ निष्काशन स्वीकृति दिएकोमा समेत प्रश्न उठाएका थिए। 

अर्थसमितिमा पुनले के भने? भिडिओ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad