सेयरबजार परिसूचक नेप्से आज २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेको छ।
सूचक बढेको दिन कारोबार रकम ७ अर्ब ४५ करोड पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ५८ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको छ।
बुधबार १९९ वटा सेयरको मूल्य बढ्दा ४९ वटाको घटेको छ। बढेकामध्ये वरुण हाइड्रोका सेयरधनीले ६.२१ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत, एनआईसी एसिया बैंकका सेयरधनीले ३.९३ प्रतिशत, सीईडीबी होल्डिंग सेयरधनीले ३.८८ प्रतिशत र ङादी ग्रुप पावरका लगानीकर्ताले ३.७४ प्रतिशत कमाएका छन्।
तर आज ग्रिन डेभलपमेन्ट, एनएमबी हाइब्रिड फन्ड, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले भने अधिकतम ४.४१ प्रतिशतसम्म गुमाएका छन्।
कारोबारतर्फ आज राधी विद्युत् अगाडि छ। कम्पनीको ४६ करोडको, बुटवल पावर कम्पनीको ३६ करोडको, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोडको किनबेच भएको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया