रसुवामा रहेको रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि बिजुली उत्पादन बन्द भएको छ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ र २ को सिमानामा रहेको यो आयोजनाले गत वर्ष पुस १६ देखि व्यापारिक रुपमा विद्युत् उत्पादन गरिरहेको थियो।
१११ मेगावाट क्षमताको उक्त आयोजनाको स्रोत नदी भोटेकोशीमा आएको ठूलो बाढीले आयोजनाको बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत् केन्द्र जाने पहुँचमार्गलगायतका संरचनाहरुमा ठूलो क्षति पुगेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ।
45
Shares

प्रतिक्रिया