ad ad

कारोबार


आफू अध्यक्ष बन्ने दिन यसरी सम्झिए शेखर गोल्छाले

आफू अध्यक्ष बन्ने दिन यसरी सम्झिए शेखर गोल्छाले

नेपालखबर
चैत २९, २०७६ शनिबार ९:५०,

उद्योग वाणिज्य महासंघ दिवस हरेक चैत २८ गते मनाइन्छ। महासंघले हरेक तीन वर्षमा गर्ने महाधिवेशन पनि आफ्नो स्थापना दिवसको अवसर पारेर गर्दै आएको छ। यो पनि महासंघको महाधिवेशन हुने वर्ष हो।

महासंघले महाधिवेशनको मिति समेत हिजो र आज अर्थात् चैत २८ र २९ गतेलाई तोकेको थियो। तर, कोरोनाको संक्रमणले महाधिशेन नै रोकिएको छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। हाल वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहेका छन्। कोरोनाको कारण महाधिवेशन नरोकिएको भए उनी आजदेखि महासंघको अध्यक्ष हुने थिए।

कोरोनाको कारण महासंघको महाधिवेशन नरोएिको भए आफू आजदेखि अध्यक्ष हुने थिए भन्दै वरिष्ठ उपाध्यक्ष गाेल्छाले आजको दिनलाई  विशेष रुपमा सम्झिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत महासंघले आजको दिन महासंघले नयाँ नेतृत्व पाउने दिन भएको र यदि यो आपत नपरेको भए आफू अहिले अध्यक्षरुपका कार्यभार सम्हाल्ने तयारी गर्दै गरेको हुन्थे भनि सम्झिएका छन्।

‘यदि अवस्था सामान्य भएको भए आजको दिन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व पाउने दिन हो’, सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष गोल्छाले लेखेका छन्, ‘यहाँहरुले तीन वर्षअधि विश्वास मलाई विश्वास गरी दिनुभएको मत अनुसार मैले अध्यक्षको रुपमा कार्यकाल सम्हाल्ने तयारी गरिरहेको हुन्थेँ।’

 उनले आफूलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउने तथा यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। साथै उनले कोरोनाको संक्रमण साम्य भएपछि महासंघले नयाँ नेतृत्व पाउने विश्वास समेत दिलाएका छन्।

उनले अहिले कोरोनाबाट आफू पनि सुरक्षति रहेर अरुलाई सुरक्षित हुन सधाउने बेला भएको बताएका छन्।

कोरोनाको संकटले व्यवसायमा नकरात्मक असर पार्ने भन्दै उनले सबै मिलेर उद्यम व्यवसाय उकास्न विशेष योजनासहित काम गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .