कारोबार


सनराईज बैंकको क्यालेण्डर सार्वजनिक

सनराईज बैंकको क्यालेण्डर सार्वजनिक

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ११:२६,

पछिल्लो समय सरकारी तथा बैंकिङ क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि सामाजिक दूरी कायम गर्न र सरकारी निर्णयहरुको पालना गर्न बैंकिङ क्षेत्रहरुले यसलाई प्राथमिकता दिएका छन्। डिजिटल माध्यमबाट गोष्ठि र छलफल मात्रै नभएर औपचारिक कार्यक्रम समेत हुन थालेका छन्।

सनराईज बैंकले डिजिटल माध्यमबाट नै शुक्रबार औपचारिक कार्यक्रम गरी वर्ष २०७७ को वार्षिक क्यालेण्डर विमोचन गरेको छ। अहिलेको विषम परिस्थितिमा ‘वर्क फ्रम होम’ लाई प्राथमिकता दिँदै सूचना प्रविधिको क्षेत्रमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ जनकराज पौडेलले बताए।

आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहको अभ्यास स्वरुप क्यालेण्डर विमोचनको कार्यक्रम डिजिटल माध्यमबाट गरिएको उनले बताए।

औपचारिक कार्यक्रम भएपनि बैंकका सम्पर्ण कर्मचारीहरु आ-आफ्नो ठाउँबाट नै प्रविधिको सहयोगमा जोडिएका थिए। लक डाउनको समयमा प्रविधिको प्रयोग बढ्दो पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .