कारोबार


बंगलादेशी राजदूतसँग योजना आयोग उपाध्यक्षको भेट, व्यापारिक अवरोध हटाउन आग्रह

बंगलादेशी राजदूतसँग योजना आयोग उपाध्यक्षको भेट, व्यापारिक अवरोध हटाउन आग्रह

नेपालखबर
असार १८, २०८२ बुधबार १७:२६, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको हो। 

भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह गरे। उनले नेपालका मेडिकल विद्यार्थीहरूले कांकरभिट्टा फूलबारी बङ्गलाबन्धु मार्ग  प्रयोग गरीरहेकोहुँदा त्यसका लागि सहज गराउनुपर्नेमा जोड दिए।

भेटमा सन् २०२६ मा नेपाल र बङ्गलादेश  अति कम विकसितमुलकबाट सँगै स्तरोन्नति हुन लागेको सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरको विषयमा र नेपालको हिमालय क्षेत्रदेखि बङ्गलादेशको सामुन्द्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो। 

उनीहरूबीच  नेपाल र बङ्गलादेशबीच व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधारका एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्ने, नेपाल र बङ्गलादेशका पर्यटकीय गन्तव्यबीच  सहज आवागमन सहजीकरण तथा घरेलु उद्योग व्यापार सहजीकरण निर्यात प्रवर्द्धन, गर्ने विषयमा पनि छलफल भयो। 

भेटमा राजदूत रहमानले नेपाल र बङ्गलादेशबीच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गरे। उनले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको बताउँदै  बङ्गलादेशले नेपालबाट थप परिमाणमा विद्युत् आयातमा इच्छुक रहेको समेत जानकारी दिए।

भेटमा योजना आयोग र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad