ad ad

कारोबार


नेशनल प्याथल्याबको सहयोगमा कोरोना परीक्षण प्रयोगशाला सुरु हुँदै

नेशनल प्याथल्याबको सहयोगमा कोरोना परीक्षण प्रयोगशाला सुरु हुँदै

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १०:४६,

नेशनल प्याथल्याबले विश्व स्वास्थ्य संगठन, एफडीए (अमेरिका)बाट प्रमाणित उच्च क्षमताको रियलटाइम पीसीआर मेसिन प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको रोहबरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई हस्तान्तरण गरेको छ।

हाल सञ्चालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० वटामात्र कोरोना परिक्षण हुँँदै आएकोमा उक्त मेसिनसँगै अब प्रत्येक दिन २ सय ५० वटासम्म कोरोना परीक्षण गर्न सकिने भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सूचीकृत नेशनल प्याथल्याबसँग कोरोना परीक्षण गर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति तथा अन्य उपकरणहरु उपलब्ध रहे पनि निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न अनुमति दिइएको छैन।

सोही कारण नेशनल प्याथल्याबले कोरोना महामारीसँग लड्न, छोटो समयमा धेरैभन्दा धेरै परीक्षण होस् भनेर उक्त सहयोग गरिएको संस्थाका प्रबन्धनिर्देशक पवन जोशीले जानकारी दिए।

नेशनल प्याथल्याबसँग रहेको कोरोना परीक्षण पनि गर्न मिल्ने उक्त मेसिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई दिइएको सस्थाका अध्यक्ष रुद्रब. कार्कीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .