ad ad

विचार


कोरोनासँग युद्धको विधि अनुसार नै लड्नु पर्छ

कोरोनासँग युद्धको विधि अनुसार नै लड्नु पर्छ

वान चियानउ
चैत २८, २०७६ शुक्रबार १०:५२,

कोरोना भाइरस निमोनियाको प्रकोप जनस्वास्थ्य सम्बन्धी एक प्रमुख आपतकालीन अवस्था हो। नयाँ चीनको उत्पत्तिदेखि नै चीनको नेतृत्वले सबैभन्दा छिटो फैलने, संक्रमणको सबैभन्दा ठूलो दायरा भएको तथा रोकथाम र नियन्त्रणको लागि सबैभन्दा चुनौतीपूर्ण रुपमा रहेको यस्तो भाइरसरको सामना गर्दै आएको छ। त्यसैले यो गम्भीर महामारीको स्थितिमा चिनियाँ कम्युनिष्ट पार्टी, सेना र सबै वर्गका मानिसले कोरोना भाइरस निमोनिया सम्बन्धि पार्टी महासचिव सी चिनफिङका महत्त्वपूर्ण भनाइ र निर्देशनहरुको भावलाई आत्मसाथ गरेका छन्। सबैजना दृढ भएर नै यो महामारी रोकथामको लडाइँमा जीत हासिल गर्न सकिन्छ। यो महामारीसँग विजयको घडीमा सबैको हृदयमा परोपकारिता र सावधानीको भावना हुनु आवश्यक छ।

जिम्मेवारी सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। स्वास्थ्य र महामारी रोकथामको विशेषताले निर्धारण गर्दछ– यो कामका राजनीतिक आवश्यकताहरु कति धेरै उच्च छन् र पार्टीको सिद्धान्त तथा चरम उत्तरदायित्त्वको पालना कति महत्वपूर्ण छ। चीनका नेता माओ प्रायः भन्ने गर्थे– पर्याप्त उत्पादन, आम जनताको चासो एवं अनुभव र तिनको मानिसक अवस्थालाई अग्रणी नेतृत्वले सधैं ध्यान दिनुपर्दछ। आपतकालीन स्वास्थ्यस्थितिको रुपमा महामारीले जनजीवन र स्वास्थ्यको जोखिम बढाउँछ, आर्थिक विकासमा गम्भीर असर गर्दछ र सामाजिक त्रास एवं अराजकता निम्त्याउन सजिलो हुन्छ। त्यसैले यसलाई अत्याधिक महत्त्वका साथ ध्यान दिनुपर्दछ। एक अग्रणी नेतृत्त्वका लागि यो न्यूनतम राजनीतिक साक्षरता र जिम्मेवारी हो। त्यसैले महामारीको घडीलाई नजरअन्दाज गर्नु, समयमा सूचना नदिनु, लापरवाह हुनु र आफ्नो कर्तव्यलाई बेवास्ता गर्नुजस्ता कार्यलाई माओले कडाइका साथ निशेध गरेका थिए।

माओ महामारी रोकथाम एक युद्ध हो भन्थे, जुन उनको महत्वपूर्ण दृष्टिकोण हो। खासगरी महामारीले पार्ने प्रभाव र नोक्सानीलाई प्राथमिकतामा राख्नु महान कार्य हो। कोरोना महामारी रोकथाम र नियन्त्रण एक युद्ध नै भएकाले यसको सामना युद्धको विधि अनुसार गम्भीरतासाथ गर्नुपर्दछ। सिपाहीको रुपमा औषधी र सैन्य जनरलको रुपमा चिकित्सक प्रयोग गर्नुपर्दछ। सैन्य रणनीतिक स्तरबाट माओले विभिन्न चरणको रणनीति एवं विधि तथा महामारी रोकथाम र नियन्त्रणको हरेक कडीलाई उत्कृष्ट निर्देशन क्षमता दर्शाउँदैैै प्रस्तुत गरेका थिए।

​सर्वप्रथम, महामारीको सुरुमा उच्च सतर्कता अपनाउने, सूचनाहरु समयमै खुलासा गर्ने र, रोकथामको तयारी गर्ने कार्यहरुमा हामीले जोड दिनुपर्दछ।

​दोस्रो, महामारी रोकथाम र नियन्त्रणका लागि सबै पक्षले समन्वय गर्नुपर्दछ र ‘तीनलाई मिलाउने’ अर्थात तीन पक्ष– पार्टी संगठन, वैज्ञानिक र जनताको संयोजनको अवधारणलाई कार्यान्वनमा अंगाल्नु पर्दछ।

XIWuhan3
जनवरी ५, १९५८ मा चीनको हान्जाओमा स्वास्थ्य परियोजना अवलोकन गर्दै माओ (चाइनिज एकेडेमी अफ सोसल साइन्स)

​माओले सधैं विश्वासका साथ भनेका छन्, ‘स्वास्थ्य कार्यलाई एक अलग काम मान्नु गलत हो, स्वास्थ्य आन्दोलन कुनै एक व्यक्तिको व्यवसाय होइन र हामीले यसलाई सँगै आत्मसाथ गर्नुपर्दछ।’

यो विशेष गरी महामारी रोकथामको लागि सहि पक्ष हो। पार्टी सगंठनहरु नेतृत्वको ग्यारेन्टी हुन्, वैज्ञानिकहरु मुख्य पात्र हुन् र आम जनता मुख्य शक्ति हुन्। यी तीन वटै पक्षलाई जैविक रुपमा मिलाएर एकसाथ महामारीको युद्ध जित्न सक्छौं।

तेस्रो, जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न बिरामीहरुको उपचार गर्दा हामीले परम्परागत चिनियाँ औषधि र पश्चिमी औषधिको संयोजनलाई प्राथमिकतामा राख्नुपर्दछ।

चौथो, प्रकोप राहतमा हामीले सामाजिक राहतलाई सुदृढ पार्न, जनताको आधारभूत जीवनका समस्याहरू समाधान गर्न र प्रभावित मानिसहरुलाई सकेसम्म चाँडै उत्पादन पुनः सुरु गर्न सहयोग गर्न जोड दिनुपर्दछ।

XIWuhan2
मार्च २, २०२० मा बेइजिङको सिन्ह्वा विश्वविद्यालयका अनुसन्धानकर्मीहरूसँग कुराकानी गर्दै चीनका राष्ट्रपति सी चिनफिङ (सिन्ह्वा)

​महामारी रोकथाम र नियन्त्रणका लागि माओका रणनीति, कार्यनीति र वैचारिक विधिहरु नयाँ चीनका लागि सफल अनुभवको वैज्ञानिक सार हो र चीनमा कोरोना भाइरस निमोनिया रोकथाम र नियन्त्रणका क्रममा पनि यी प्रक्रिया अपनाइएका छन्। महासचिव सी चिनफिङको प्रत्यक्ष नेतृत्व र निर्देशनमा हामीले महामारीको स्थिति रोक्न र नियन्त्रण गर्न राष्ट्रिय प्रयास गरेका छौं। यसका लागि अभूतपूर्व रोकथाम एवं नियन्त्रण र उपचारका श्रृंखलाहरुलाई अपनाएका छौं। र, क्रमिक रुपमा महामारीको रोकथाम तथा नियन्त्रणका लागि अझै प्रभावकारी वैज्ञानिक प्रणालीसहितको संयन्त्रहरु पनि गठन गरेका छौं।

​उदाहरणको लागि प्रकोप सम्बन्धि सूचना तथा संचारलाई राम्रो र भरपर्दो बनाउन ‘समयमै तथा उचित’ र ‘खुला तथा पारदर्शी’ नीतिमा जोड दिनुपर्दछ। महासचिव सी चिनफिङले भनेका छन्, ‘जनविश्वासलाई बलियो बनाउन र महामारीलाई निर्मूल गर्न, पार्टी तथा सरकारले के गरिरहेका छन् र के गर्नुपर्दछ भन्नेबारे जनतालाई अझ बढी जानकारी दिनु आवश्यक छ।’

जनस्वास्थ्य सम्बन्धि सुरक्षा मानव सभ्यताकै एक साझा चुनौति हो र यसलाई सबै राष्ट्रले सम्बोधन गर्नु आवश्यक छ। चीनले महामारीको रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्दैछ र जिम्मेवार शक्तिको रुपमा आफ्नो भूमिका निभाउँदैछ। सामुदायिक अवधारणा सहित महामारी रोकथाम र नियन्त्रण गर्ने मानव उद्देश्यको अभ्यासको जीवन्त उदाहरण चीनमा भएको छ।

(वान चियानउ चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रोफेसर हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .