गएका तीन दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ। चाँदी पनि आज महँगिएको छ।
सुनको मूल्य आज प्रतितोला दुई हजार चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार एकसय रुपैयाँ थियो।
सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य आज बढेको हो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया