खेल


लाओसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

लाओसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

नेपालखबर
असार १५, २०८२ आइतबार १७:१९, काठमाडौँ

एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले लाओसविरुद्ध आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका हुन्। 

मुख्य प्रशिक्षक वाइल्डेले अघिल्लो पटकको टोलीबाट व्यापक परिवर्तन गरेका छन्। यसअघि सुरुवाती ११ मा स्थान बनाउँदै आएका नियमीत गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा, मिडफिल्डर प्रिति राइ, डिफेन्डर पुजा राना, विमला चौधरी, विमला विक बेन्चमा छन्। 

यसअघि बेन्चमा रहँदै आएका गोलरक्षक अन्जना रानामगर, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ, सरस्वती हमाल र निसा थोकरले लामो समयपछि सुरुवाती ११ मा स्थान बनाएका छन्।

कप्तानको जिम्मेवारी रेनुका नगरकोटीले पाएकी छन्।

एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलबाट टोलीका मुख्य प्रशिक्षक वाइल्डेले पनि नेपाली टोलीमा डेब्यु गर्दैछन्। नेपाली महिला टोलीले पहिलो पटक युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक पाएको हो। 

लाओसविरुद्धको खेलबाट नेपाली टोलीले अन्तराष्ट्रिय फुटबलमा एक सय खेलको कोशेढुङ्गा पार गर्दैछ। सन् १९८६ मा हङकङविरुद्ध खेल्दै नेपालले अन्तराष्ट्रिय फुटबलमा पाइला राखेको थियो। 

नेपालले पहिलो पटक लाओससँग खेल्न लागेको हो। 

नेपालको सुरुवाती ११ः 
अन्जना राना मगर, गीता राना, निसा थोकर, समीक्षा घिमिरे, अनिता बस्नेत, रेनुका नगरकोटे,सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ,

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad