कारोबार


लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’, असार १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’, असार १७ सम्म चल्ने

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:४०, काठमाडौँ

नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ लगनखेल बसपार्कमा सुरु भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए।

असार १२ देखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइने कम्पनीले जनाएको छ।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्:

·       जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।

·       यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५० हजारको मूल्यांकन।

·       अन्य ब्रान्डमा न्यूनतम रु. २५ हजारको मूल्यांकन (कर चुक्ता अनिवार्य)।

·       एक्सचेन्जमा अतिरिक्त रु. १० हजार बोनस।

·       रु. ६ हजारसम्मको नगद छुट।

·       फ्री एक्सेसरिजहरू।

·       निःशुल्क आर्थिक वर्ष०८२/८३को सडक कर भुक्तान।

·       ७.९९ प्रतिशत ब्याजदरमा वित्त पोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा।

कम्पनी भन्छ- चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ।

एआरएआई प्रमाणित ७१.३३ कि.मी.प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२३एफआई हाइब्रिड देखि स्टाइलिस र स्पोर्टी लुकसहितको यामाहा आर१५ भी४ सम्म, यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ।

‘सडकमा दमदार उपस्थिति चाहनेहरूले एमटी १५ भी२ र एफजेड भी३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको छ। अफ-रोडका लागि डब्लुआर१५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ’ कम्पनीले भनेको छ, ‘यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो सवारी संस्कृतिको उत्सव पनि हो, जसमा इनोभेसन, फनर कम्युनिटी बीचको सम्बन्ध मिसिएको छ। त्यसैले तपाईं आफ्नो बाइक अपग्रेड गर्न खोजिरहनुभएको छ अथवा केवल फेस्टिभलको मजा लिन चाहनुहुन्छ भने, यो हप्ता यामाहा ब्लू फेस्ट लगनखेल नै तपाईंको लागि सहि गन्तव्य हुन सक्छ।’

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad